सप्तरी। तनहुँका एक युवकले जन्मदिने आफ्नै आमालाई रडले हानेर हत्या गरेका छन् ।

व्यास नगरपालिका–११ दरैपँधेराका ३६ वर्षका प्रेम दरैले मादक पद्धार्थ सेवन गरी ७१ वर्षिया आमा लक्ष्मी दरैको हत्या गरेका हुन् ।

Your Ad Code Here

दरैले आमालाई फलामको डडीले बिहीबार राती १० बजे टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘‘घटनास्थलमा पुगेर बिहीबार राती नै अभियुक्त दरैलाई नियन्त्रणमा लिएका छौं’’ प्रनाउ तिमिल्सिनाले भने । मृतकको शवलाई शुक्रबार दमौली अस्पतालमा पोष्टमार्टमा गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग