सप्तरी । नेपाल बिद्यार्थि संघका पूर्व केन्द्रिय सहमहामन्त्री ईशाद अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीमथि गम्भिर आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै नेपाली काँग्रेसले हिजो विहान देखि अपरान्हसम्म देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो । यसैक्रममा सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका९१ फत्तेपुरमा पनि विरोध प्रदर्शन आयोजना गरिउको थियो ।
यसै विरोध प्रदर्शनको क्रममा बोल्दै अन्सारीले ओलीले नाटक गरेको भन्दै गम्भिर आरोप लगाएका हुन् । प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भएको बताउँदै उनले केपी ओली चुनाव गर्ने नाटक गरिरहेको आरोप लगाएका छन् । साथै ओलीको यस्तो हर्कतले कम्युनिष्टहरुको चरित्र बाहीर आएको बताएका छन् ।
ओली नेतृत्व सरकार केन्द्रमा मात्रै नभई स्थानिय तहसम्मै असफल भएको बताउँदै उनले जनताको अधिकार माथि हमला भएको बेला काँग्रेस सडकमा ओर्लिएको अवगत गराएका छन् । देशमा संकट परेको बेला काँग्रेसले आन्दोलनको अगुवाई गरेर स्थापित गरेको पनि उनले बताएका छन् ।
उनले भने ‘जब जब राष्ट्रमा संकटको घरी आयो तब तब यस देशमा नेपाली काँग्रेसले आन्दोलनको अगुवाई गर्यो र स्थापित गर्यो ।’ पछिल्लो समय प्रम ओलीले चालेको कदमको हल काँग्रेसले निकाल्ने उनको धारणा थियो ।
तपाईको प्रतिक्रिया