विराटनगर । नेपाल–भारत सीमा क्षेत्र मटेरुवाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
विराटनगरको मटेरुवाबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १९ वर्षीय अनिष अधिकारी पक्राउ परेका हुन् ।
नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई भारतबाट लागुऔषध बोकेर फर्कदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ । शंकास्पद रुपमा भारतबाट आउँदै गरेका तीनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एभिल, लुपिजेसिक र डाइजेल्याब गरेर तीन एम्पुल तथा एक सय पाँच ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया