वाशिङ्टन । मिलेनियम च्यालेन्ज कर्पोरेशन बोर्डले श्रीलङ्कासँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

बोर्डले श्रीलङ्कासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलर बराबरको सम्झौता रद्द गर्ने निर्णय गरेको हो । ‘श्रीलङ्का प्रशासनले सहकार्य गर्न चासो नदेखाएपछि १५ डिसेम्बरमा बोर्डको बैठकले उससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो’, कोलम्बोमा रहेको अमेरिकी दूतावासले भनेको छ ।

Your Ad Code Here

यसअघि श्रीङ्काले आर्थिक विकासमा जोड दिन, गरिबी घटाउन र अर्थतन्त्र बढाउन अनुदान लिने निर्णय गरेको थियो । देशको स्वामित्व, पारदर्शिता र अनुदान परिणामहरूको लागि उत्तरदायित्व एमसीसीको विकास मोडेलको आधारभूत हुन्छ ।

अमेरिकी सहयोग नियोगको एमसीसीले विश्वका ३० देशलाई झण्डै १३ दशमलव ५ बिलियन डलर बराबरको अनुदान दिएको अमेरिकी दूतावासले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग