काठमाडौं । विप्लव समूहमाथि निगरानी बढाइएको छ ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कडा नीति लिने भएको हो । विप्लव समूहले हिंसात्मक गतिविधि र चन्दा आतंक बढाएको भन्दै सरकारले सुरक्षा निकायलाई कडाईका साथ प्रस्तुत हुन निर्देशन दिइसकेको छ ।
प्रहरीले देशभर मातहतका कार्यालयलाई परिपत्र जारी गरी विप्लव समूहप्रति निगरानी देखि सुरक्षा कडाई गर्न भनेको छ । यसले देशभर भिडन्तको खतरा बढाएको छ । विप्लव समूहको सक्रियताबारे सुरक्षा प्रमुखसँग बुधबार गृहमन्त्री रामबहादुर थापा बादलले जानकारी लिएका थिए ।
सुरक्षा समितिको बैठक बसी उनले पछिल्लो अवस्था र भविष्यमा चाल्ने कदमका बारे छलफल गरे । थापा विगत देखि नै विप्लवप्रति कठोर बन्दै आएका छन् । उनले हिंसात्मक गतिविधि गर्नेविरुद्ध कडाईका साथ प्रस्तुत हुन निर्देशन दिएका थिए ।
तपाईको प्रतिक्रिया