काठमाडौं, मंसिर २१ । तेस्रो मुलुकसँगको व्यापारमा पारवहन खर्च घटाउने उद्देश्यले लागू गरिएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणाली ९ईसीटीएस० नै लागत वृद्धिको कारण बनेको छ । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा कागजी प्रक्रिया हटाउन ट्रान्ससिपमेन्ट प्रणाली कार्यान्वयनमा ल्याउँदा ईसीटीएस पनि लागू गरिएको हो ।
समुद्रपारका मुलुकबाट आएको कन्टेनर ढुवानीका क्रममा भारतमा दुरुपयोग नहोओस् भन्ने उद्देश्यले रेलमार्गबाट हुने ढुवानीमा ईसीटीएस लागू गरिएको हो । जीपीएसमा आधारित यो प्रणाली ट्रान्ससिपमेन्टलाई सहजीकरण गर्न लगाइए पनि यो ढुवानी खर्च बढाउने माध्यममात्रै बनेको तथ्यले देखाएको छ ।
भारतीय बन्दरगाहबाट रेलमार्फत हिँडेका कन्टेनरको अवस्थिति थाहा पाउन ईसीटीएस जडान गरिन्छ । तर, रेलबाट कन्टेनर ओसार्ने जिम्मा लिएको भारतीय कन्टेर निगम ९कोन्कर० को वेबसाइटबाटै कन्टेनर कहाँ छ भनेर थाहा पाउन सकिने आयातकर्ता बताउँछन् ।
ईसीटीएस ढुवानी खर्चमा मनपरी चलाउने माध्यममात्र बनेको आरोप आयातकर्ता सुरेश रुंगटाले लगाए । ‘रेलमार्गमा ईसीटीएस आवश्यक नै छैन । कोन्करको वेबसाइटबाटै हेर्न सकिने कन्टेनरमा ईसीटीएस लगाउनु ढुवानी लागत बढाउने औजारमात्रै बनेको छ,’ रुंगटाले भने ।
भारतीय बन्दरगाहमा कागजी प्रक्रिया हटाउन यो प्रणाली ल्याइएको हो । यसबाट ढुवानी खर्च आधामा झर्ने अपेक्षा गरिएको थियो । तर, कागजी प्रक्रिया हटे पनि खर्च भने ५० प्रतिशतसम्म बढेको आयातकर्ताको अनुभव छ ।
एशियाली विकास बैंकको सहयोगमा लागू गरिएको ईसीटीएसको ठेक्का ट्रान्सक्योर टेलिमेटिक्स प्रालिले लिएको छ । ट्रान्सक्योरले प्रतिकन्टेनर सेवा शुल्क ३ हजार ४ सय भारतीय रुपया ९भारू० तोकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।
तपाईको प्रतिक्रिया