काठमाडौं । चिनियाँ रक्षामन्त्री आइतबार काठमाडौं आउने भएका छन्।
चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछ ।
त्यस्तै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ। उनी आइतबार साँझ नै फर्कने छन्।
तपाईको प्रतिक्रिया