लमजुङ । सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ ।
आगलागीमा परेर ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीया पशुपति भण्डारीको सोमबार राति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले दिए ।
उनले भने, ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवैजना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०–१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।’
ढुङ्गामाटाको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेकासामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।
प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भइ नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक रहेको स्थानीयको भनाइ छ ।रासस
तपाईको प्रतिक्रिया