काठमाण्डौ । भारतमा बस र रेल एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ ।
हिजो राति लखनउँ-अयोध्या राजमार्गमा बस र रेल एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको हो ।
रामसहेनिघाटको पुलमाथि बिग्रेपछि रोकेर राखेको डबल डेकर बसमा लखनउबाट आइरहेको रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर बसमा सवार ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने केही गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
तपाईको प्रतिक्रिया